सेलिब्रेटी बनेका साथीहरु ......म म भन्दै हुनुहोला
मेरा साथी त, सेलिब्रेटी बनिसके....
तिनका फेसबुक, टिकटक, इन्ष्टाग्राम,
थ्रेड्स भा' भरिका पोष्टमा
सबभन्दा पहिले मै हो लाइक ठोक्ने।
मेरो पोष्ट त नदेख्या जस्तो गर्छन्
त्यति बोल्दैनन् , गमक्क पर्छन्।
मेरा साथी त, सेलिब्रेटी बनिसके......
तिनका वर्थडे,
छोराछोरीका, इष्टमित्रका....
एक होइन, अनेक
बेबी सावर, न्वारन, भातखुवाई,
ब्रताबन्ध, गुन्यूचोली, बिहेका पोष्ट
सबैमा, पहिले मै हो कमेन्ट ठोक्ने
मेरो पोष्ट त नदेख्याजस्तो गर्छन्
त्यति बोल्दैनन् गमक्क पर्छन्।
मेरा साथी त, सेलिब्रेटी बनिसके।
तिनले विदेश घुमेको, गाला चुमेको
रेष्टुरेन्टमा खाको, क्लब गाको
नयाँ लुगा लाको, उपहार पाको
तिनले हाँसेका फोटामा
नेता र कलाकार टाँसेका फोटामा
सबै -सबै पोष्टमा, मै हो पहिले हाजिर हुनी
मेरो पोष्ट त नदेख्याजस्तो गर्छन्
त्यति बोल्दैनन् गमक्क पर्छन्।
मेरा साथी त, सेलिब्रेटी बनिसके.....
तिनले गाडी किनेको,सपिङ्ग हिनेको,
Comments
Post a Comment