मन मौजी म


खुशी हुनलाई अलिकति मनमौजी  बन्नुपर्ने रहेछ । मन मौजी हुनु भनेको आफ्नो मनको गर्नु हो । मनले चाहेको काम गर्नु , खानु , लाउनु , मनले भन्छ भने, कतै नजिक वा टाढा यात्रामा निस्कनु, एउटा कफी वा चियासंग आफुले आफैलाई कम्पनी दिनु | एक बोतल पानी बोकेर अलि माथि पहाडतिर निस्कनु । 

मन लागे, ऐना हेर्नु र आफुले आफ्नोबारे राम्रो सोंच्नु |मनबाट खुशी हुनु । इच्छा लागे केहि हरफ लेख्नु , गुनगुनाउनु , कसैको राम्रो देखेर मुस्कुराउनु | मन भन्छ भने कुनै किताब पढ्नु , नाच्नु , कसैलाई फोन गर्नु , मेसेज गर्नु , सिनेमा जानु वा घरमै टिभी हेर्नु | दाल अचार संग मात्र खानु अथवा अलि धेरै आइटम बनाएर खानु | साकाहारी हुनु /मांसाहारी हुनु । तपाईंको आफ्नो मर्जी | आफ्नै खुशीलाई केन्द्रमा राखेर गर्नु मनमौजी हुनु हो | मन मौजी बन्दा स्वार्थी /सेल्फिसको ट्याग पनि पाइएला | तर कसैले दिएको ट्याग लिनैपर्छ भन्ने पनि त छैन । त्यहाँ नि मनमौजी भईदिनुस् , बातै खतम् । 

मनले ठानेको कुरामा दोश्रो व्यक्तिको दखल -अन्दाजीलाई स्वीकार्न सकींदैन | सकेसम्म त, अरुको खुशीलाईपनि हेर्नु राम्रो | तर एउटा मान्छेले अर्को मान्छेलाई सधै खुशी पार्न सक्दैन रहेछ | “माया, केयर, अटेन्सन” भन्ने कुरो बराबर भए मात्र न मज्जा हो । रिटर्नमा केहि पाउला कि, भन्ने आश गर्नुभन्दा आफ्नो खुशीको श्रोत हामी आफै बनौँ ।

आफु भलो त जगत भलो  आफ्नो पहिले राम्रो गरौँ । पहिला आफुलाई सन्तुष्ट पारौं । 

हामीपनि बराबर हकदार छौं, आफुले दिएजति इज्जत, समय, माया, अनि समान व्यवहारको लागि | 

यदि बराबरी भएको छैन भने,  अलिकति मनमौजी बन्नुस् ।

Comments

Popular posts from this blog

"लालपाटी" र फागुपुर्णिमा 🙏

हिडौं साथी देश देख्न ..... नबसौं मनलाई रोकी

बाल्यकालको दशैँ