आमाको हात

 


“आमाको हात”

यी हातले मलाई मात्र हुर्काएन,

म समेटिएका सपनाहरु

म जन्मिँदा रोपेका 

रुख बिरुवा 

खर्यानको सुन्टटलो 

हर्रो,बर्रो,बडहर 

धुपी र लालुपाते हुर्कायो !!


गोठभरीका  गाईबस्तु 

घारभरिको  मौरी 

बगैंचाको आरु,नासपाती, 

लिची, कागती 

पाटाभरिका मकै 

ग़ैरी खेतको  धान हुर्कायो 

लेकको कोदो / फापर 

तरुल,पिडालु,सकरखण्ड हुर्कायो !!


म हुर्केर, मैले 

आफ्ना सन्तान

हुर्काउँदै छु ||

आमा बूढीएर,

मेरो सहारा खोज्दैछिन् 

म मेरा नानीलाई सहारा दिंदैछु ||


आमा भन्छिन् …

म डाँडापारीको घाम भएँ नानी 

आऊ न, धेरै भयो तिमी न आएको 

म भन्छु…

अस्ति भर्खर त आकी थिएँ 

यति छिटोछिटो, कहाँ आउन मिल्छ र ?

आमाले पर्खंदै  गर्ने 

मैले पर्खाउँदै गर्ने 

यहि शिलशिलाको नाम 

जीन्दगी रहेछ |

-आमा 🙏😇 🖊️SIRJANA THAPA “SIRU”

Comments

Popular posts from this blog

"लालपाटी" र फागुपुर्णिमा 🙏

हिडौं साथी देश देख्न ..... नबसौं मनलाई रोकी

बाल्यकालको दशैँ